काठमाडौं । सोमबारबाट शुरु भएको प्रतिनिधीसभाको अधिवेशनको दोस्रो दिन मंगलबार दलका शीर्ष नेताहरुले रोष्टमबाट सम्बोधन गरे । दलका नेताहरुलाई नवनिर्वाचित प्रधानमन्त्री केपी शर्माओलीलाई बधाई तथा धन्यवाद दिने कार्यक्रम थियो, तर धन्यवाद दिने कार्यक्रममै नेताहरुले आफ्नो विचार समेत राख्न भ्याए ।

संसदमा शीर्ष नेताहरुको सम्बोधन सुन्दा सत्तापक्षले सरकार सञ्चालनमा विपक्षीबाट अवरोध नहोस भन्ने आशय थियो । उता प्रतिपक्षचाँही ओली सरकारलाई हनिमुन पनि राम्रोसँग मनाउन नदिई कडा रुपमा प्रस्तुत हुने संकेत गरेको पाइयो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब देशले समृद्धिको दिशामा कोल्टे फेर्न खोजिरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले विगतमा सरकारको खुट्टा तान्ने काम भएको घटनालाई सम्झदै अबको दिनमा त्यस्तो गर्न नहुने बताएका हुन् ।

नेता नेपालले अदालत र अख्तियारलाई संकेत गर्दै भने, ‘अख्तियारको काम भ्रष्टाचार हेर्ने मात्रै हो, अदालतको काम बाटो ठूलो बनाउ वा नबनाउ भन्ने होइन ।’
पूर्व प्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नेपाली कांग्रेसले रचनात्मक सहयोग गर्ने बताएका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै देउवाले हिजो संविधान संशोधन राष्ट्रहितमा छैन भन्नेहरुनै संशोधनको पक्षमा आउँदा खुशी लागेको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य संरचनामा सुशासन र भ्रष्टाचार व्याप्त रहेको भन्दै यसलाई अन्त्य नगरेसम्म विकास र समृद्धितर्फ नेपाल अघि बढ्न नसक्ने बताए । संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक दलहरु विगतका त्रुटी सच्याएर अघि बढ्न तयार हुनु पर्ने बताए ।

राष्ट्रिय जनाता पार्टीका नेता राजेन्द्र महतोले सबै नेपालीको भावनालाई सम्बोधन गरेर अघि बढ्न बाम गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् । संसद बैठकलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य महतोले बाम गठबन्धनलाई जनताले ठूलो दल बनाएको भन्दै मन पनि ठूलो बनाउन केपी शर्माओली र प्रचण्डलाई आग्रह गरेका हुन् ।

त्यसैगरी संघीय समाजवादी फोरमका उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएका थिए ।

संसद बैठकलाई सम्बोधन गर्दै संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ।

उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोध चौधरी लगायत सांसदहरु बैठककक्षमा ।

नेपाली कांग्रेसका सांसद जिप छिरङ शेर्पा लगायत अन्य सांसदहरु ।

संघीय समाजवादी फोरम नेपालका महासचिव तथा सांसद राजेन्द्र श्रेव्ठ लगायत अन्य सांसदहरु ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माअोली संसद बैठकमा गम्भिर मुद्रामा ।

नेकपा एमाले ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवार, माओवादी केन्द्र सोलुखुम्बुबाट निर्वाचित सांसद हेमकुमार राई ‘सुरवीर’ लगायत अन्य सांसदहरु बैठक कक्षभित्र ।

नेकपा एमालेका सांसद रविन्द्र अधिकारी लगायत अन्य सांसदहरु ।

नेकपा माओवादी केन्द्रका सांसद विना मगर, हिमाल राई लगायत अन्य सांसदहरु ।
तस्वीरः बुद्धवीर बाहिङ राई
२२ फाल्गुन २०७४, मंगलबार
154
Shares







