२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

महरा सभामुखमा सर्वसम्मत निर्वाचित [फोटोफिचर]

नेम्वाङको प्रस्ताव, गुरुङको समर्थन


बुद्धवीर बाहिङ

२६ फाल्गुन २०७४, शनिबार  

140
Shares

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् । सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सर्वसम्मत सभामुख निर्वाचित भएका हुन् । सभामुखमा प्रमुख विपक्षी कांग्रेसले पनि महरालाई समर्थन गरेको छ । सभामुखमा उम्मेदवारी नदिएको कांग्रेस नेता मिनेन्द्र रिजालले महरालाई ‘भद्र र शालिन’ नेताको संज्ञा दिंदै उनको नेतृत्वमा रहने संसदले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रस्तावका समर्थक माओवादी केन्द्रका नेता गुरुङले विपक्षी दल कांग्रेसले पनि सभामुखमा उम्मेदवारी नदिएर सहमतीय संस्कार देखाएको भन्दै महराले सबै दललाई समेटेर लैजाने विश्वास व्यक्त गरे । ‘सदनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न महराले नेतृत्व गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौं,’ उनले भने ।

महरा प्रतिनिधिसभा निर्वाचनमा दाङ, २ बाट निर्वाचित भएका थिए । सभामुख निर्वाचित महरालाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद भवनमै बधाई दिएका छन् ।

नेकपा एमालेका सचिव एव‌ं सांसद योगेश भट्टराई नवनिर्वाचित सभामुख कृष्णबहादुर महरालाई बधाई दिदै ।

ओखलढुंगाका सांसद यज्ञराज सुनुवार नवनिर्वाचित सभामुख कृष्णबहादुर महरालाई बधाई दिदै ।

सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ र भोजपुरका सांसद सुदन किराती नवनिर्वाचित सभामुख कृष्णबहादुर महरालाई बधाई दिदै ।

अनेरास्ववियुका अध्यक्ष तथा सांसद नविना लामा नवनिर्वाचित सभामुख कृष्णबहादुर महरालाई बधाई दिदै ।

पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेत नवनिर्वाचित सभामुख कृष्णबहादुर महरालाई बधाई दिदै ।
तस्वीरः बुद्धवीर बाहिङ ।

Sagarmatha

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  १२ : १२ बजे