काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सत्तायात्रा लम्बिएको छ । राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन पाउने प्रस्ताव चिनियाँ संसदले अनुमोदन गरेपति उनको सत्तायात्रा लम्बिएको हो ।

शनिबार बिहान चिनियाँ संसदले सीलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सत्तामा रहन पाउने प्रस्तावलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । अबदेखि राष्ट्रपति सी अनन्तकालसम्म सत्ता सञ्चालन गरिरहन कुनै कानुनी बाधा छैन ।
यसअघि कुनै पनि राष्ट्रपति दोस्रो कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछिकै शक्तिशाली मानिएका सीलाई नै अनन्तकालसम्म सत्तामा राख्ने व्यवस्था गर्नका लागि यसअघिको समयसीमा हटाउने प्रस्ताव संसदमा लगिएको थियो ।
संसदले त्यसलाई सर्वसम्मतीले पारित गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ । सीको अनन्तकालसम्मको सत्तायात्राले विश्व राजनीतिको माहौल तताएको छ ।
शनिबारकै चिनियाँ संसद बैठकले वाङ चिसानलाई उपराष्ट्रपतिमा चयन गरेको छ । वाङ सी निकट भ्रष्टाचारविरोधी पूर्वअधिकारी हुन् ।
३ चैत्र २०७४, शनिबार
140
Shares







