टेलिकम टावर काण्ड : भानुभक्तको नुम्बुर नेटवर्कले ७ ठाउँमा दुरुपयोग गरेको खुलासा !

7 Shares

सोलुखुम्बु । हिमाल एफ.एम.का प्रमुख एवं कान्तिपुर टिभीका जिल्ला सम्वाददाता भानुभक्त निरौलाको स्वमित्वमा रहेको नुम्बुर नेटवर्क प्रा.लि.ले नेपाल टेलिकमको ७ ठाउँमा अनधिकृत रुपमा इन्टरनेटको उपकरण जडान गरेको पाइएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. २ काँगेल डाँडामा नेपाल टेलिकमसँग आपसी सहमति राखेको भएपनि बाँकी ठाउँमा निरौलाले आफूखुसी इन्टरनेटको उपकरण जडान गरेको भेटिएको हो ।

सगरमाथा अनलाइन लगायत विभिन्न सञ्चारमाध्यममा निरौलाको कम्पनीले नेपाल टेलिकमको टावर दुरुपयोग गरिरहेको समाचार प्रकाशन भएपछि नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतको ध्यानाकर्षण गराउन गएको युवा संघका पदाधिकारीसँगको छलफलमा प्रमुख कठायतले काँगेल डाँडामा बाहेक अन्य ठाउँमा राखेको उपकरणको सवालमा आफूलाई थाहा नभएको बताए ।

टेलिकम प्रमुखको ध्यानाकर्षण गराउन गएका राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुका सह संयोजक योगेश श्रेष्ठल टेलिकम सोलुका प्रमुख श्याम कठायतले नुम्बुर नेटवर्कले राखेको उपकरणहरु हटाउन आफूलाई पाँच दिनको समय चाहिने बताएको जानकारी गराए । ‘हामीले टेलिकमले सक्दैन भने ती अनधिकृत रुपमा राखिएका उपकरणहरु हामी हटाउँछौं भन्दा उहाँले नै पाँच दिनभित्र हटाउँछौं भन्नुभयो’ श्रेष्ठले भन्नुभयो ।

प्रमुख कठायतले सगरमाथा अनलाइनसँग भने तीन दिनभित्रै हटाउन निर्देशन दिने बताएका थिए । तीन दिनको सीमा तोकेका कठायतको उक्त समयावधि पूरा भएको छ ।

मुलुकी अपराध संहिताको दफा ३१२ उपदफा ३ मा सार्वजनिक सम्पक्ति व्यक्तिले प्रयोग गरेमा प्रमुख जिल्ला अधिकारीले १५ दिनभित्र हटाउन निर्देशन दिन सक्ने र नहटाएमा प्रमुख जिल्ला अधिकारीले हटाउन लगाई उक्त सामग्री हटाए बापत लाग्ने रकम सोही कम्पनी मार्फत असुल्न सक्ने उल्लेख छ ।

निरौलाले यस अघि हावाहुरीले लडाएको रेडियोको टावरको उपकरण स्थानीयले चोरी गरेको भन्दै स्थानीय बिमल मगरसँग २ लाख ४० हजार रुपैयाँ डिल गरेका थिए । उनले सोही सामानको बीमा रकम भुक्तानीका लागि आईएमई जनरल इन्स्योरेन्स कम्पनीमा दाबी गरेको भेटिएको थियो । त्यसपछि स्थानीय बिमल मगरसँग पैसा माग्न छाडेका छन् । यस्तै सोही टावर निर्माणको जिम्मा पाएको एक सप्लायर्सलाई पारिश्रमिक तथा सामानको समेत भुक्तानी नदिई बेइमानी गरेको पाईएको थियो ।

यो पनि पढ्नुहोस् ।

फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट  !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण :  विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?

 

भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी  !

 

हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’

 

‘अनि यसरी रोडमै र्पुयायो भानुभक्तको जमातले मलाई’

 

हिमाल एफ.एम. प्रमुखको कर्तुत छताछुल्ल : स्थानीयसँग ६० हजारको डिल, बीमा कम्पनीमा ५० हजारको बील !

बिनालाई रेडियोमा नराख्दा भानुभक्त फन्केर हिडेको त्यो दिन…

 

भानुभक्त निरौलाको कर्तुत ३ : सरकारी सम्पत्तिमा रजाँई !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार