१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गोसाइँकुण्डमा शव फेला



रसुवा, २९ भदौ । गोसाइँकुण्डमा आज एक बेवारिसे शव फेला परेको छ ।

कुण्डकै पानीमा शव तैरिरहेको देखेपछि स्थानीय होटल व्यवसायीले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोली कुण्डमा पुगी अहिले शव सदरमुकाम ल्याउँदै गरेको रसुवाका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाइँले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न सकेको छैन ।

मृतक अन्दाजी ४०/४५ वर्ष उमेरका पुरुष हुन् । रासस

प्रकाशित मिति : २९ भाद्र २०७३, बुधबार  ४ : ५२ बजे