रिडी–रुद्रवेणी–वामीटक्सारअन्तर्गतको सडकखण्ड सञ्चालन

Facebook Debugger

गुल्मी, १२ भदौ । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सारअन्तर्गतको सडकखण्डको मोटरबाटो एक महिनापछि सञ्चालनमा आएको छ ।

एक महिना अगाडि बढिघाट नदी जोहाङ गाविसको उर्लिखोलामा नदीले ७०० मिटर सडकखण्ड बगाएपछि सडक अवरुद्ध बनेको थियो ।

उक्त नदीले बगाएको सडकखण्डअन्तर्गत उर्लिखोलामा वैकल्पिक मार्गका रुपमा एक किमी नयाँ सडकखण्ड निर्माण र रुपाकोटको सिस्नेमा सडक विस्तार गरी मर्मतपछि झन्डै एक महिनापछि उक्त सडकखण्ड सञ्चालनमा ल्याइएको तम्घास सिमलटारी सडक आयोजनाका सवइन्जिनियर दिनेश ओझाले जानकारी दिनुभयो ।

जिल्लाको अति व्यस्त मानिने उक्त कच्ची सडकखण्ड खुलेसँगै सयौँ सवारी साधन आवतजावतले आमसर्वसाधारणमा सहजता ल्याएको समेत छ ।

उक्त सडकखण्ड लामो समयपछि सञ्चालन हुँदा स्थानीय बासिन्दा हर्षित भएका छन् । रासस

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार