२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा



याङ्गुन । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ ।
राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीका अनुसार उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ ।

बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।
त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्ने जनाइएको छ । म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार  ११ : ३९ बजे