इलाम । स्थानीय तहमा न्यायिक समितिले उजुरीको किनारा लगाउँदा अपनाउनुपर्ने कार्यविधि नबन्दा न्याय प्रक्रिया जनप्रतिनिधिको तजबिजमै सम्पादन हुने गरेको छ ।

इलामका सबै स्थानीय तहमा कार्यविधि सम्बन्धी ऐन बनेको छैन । सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुलीले परम्परागत ढंगले न्याय सम्पादन गरिरहेको बताएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।
समाचार अनुसार कतिपय स्थानीय तहले ऐन र कार्यविधिका लागि गैरसरकारी संस्थालाई गुहारेका छन् ।
११ चैत्र २०७४, आइतबार
133
Shares







