२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हुने:मुख्यमन्त्री पोखरेल


रासस

११ चैत्र २०७४, आइतबार  

112
Shares

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताएका छन् ।

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल तुलसीपुरको बबई गाउँपालिकाको आयोजनामा आइतबार पश्चिम दाङको हापुरेमा भएको अन्तरक्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै ।

बबई गाउँपालिकाको आयोजनामा आज पश्चिम दाङको हापुरेमा भएको अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले त्यसका लागि योजना निर्माण गर्न आग्रह गरेका हुन् । पर्यटन क्षेत्रबाट स्थानीय तहमा आर्थिक समृद्धि हुने भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि बबई गाउँपालिकालाई स्थानीय तहमा रहेका पर्यटकीय स्थलको विकासमा ध्यान दिन आग्रह गरे ।
गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारले सबै स्थानलाई न्यायोचित रुपमा विकासका पूर्वाधारलाई ध्यान दिने मुख्यमन्त्री पोखरेलले बताए ।
त्यस अवसरमा प्रदेशसभा सदस्य उत्तरकुमार वली, धमकली चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले पश्चिम दाङको विकासका लागि प्रदेश सरकारबाट पनि बजेट उपलब्ध गराउनु माग गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतबार  २ : १३ बजे