काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन भ्रमणमा जानुले संसारका शक्तिशाली देश मानिएका शासकहरुबीच खुल्दुली भएको छ । झनै भ्रमणको क्रममा चिनीयाँ राष्ट्रपति सी जिनपिङसित भेटघाट हुनुले ती शक्तीशाली देशमध्ये अमेरिकालाई टाउको दुःखाईको विषय बनेको छ ।

परमाणु बमको सफल परिक्षण गरेपछि विश्वभरबाट आलोचित भएका किम र उसको देश उत्तरकोरियालाई संयुक्त राष्ट्र संघले समेत नाकाबन्दी लगाएको थियो । त्यत्ति मात्र होइन अमेरिकाले आफ्नो प्रभुत्व जमाउन र शक्ति प्रदर्शन गर्न दक्षिणकोरिया र उत्तरकोरियाको बीचमा अमेरिकी सेनाको फौज राखेको छ ।
पछिल्लो समय एकाएक किम संसारको शक्तिशाली देशमध्ये एक चिन भ्रमणमा गएको समाचार सार्वजनिक भएपछि सबैभन्दा धेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको दुःखेको छ । उत्तरकोरियालाई अलग्याउनको लागि केहि महिना अगाडि मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले एसिया महादेशमा रहेको विभिन्न देशको भ्रमण गरेका थिए । जुनबेला ट्रम्पले चिनको समेत राजकीय भ्रमण गरेका थिए ।
दक्षिण कोरियास्थित बिबिसी संवाददाता लाउरा बिकरका अनुसार किम जोङ उन सही समयमा चीनसितको आफ्नो सम्बन्ध सुधार गरिरहेका छन् । बिकर भन्छिन्, उत्तर कोरियामाथि लगाइएका अन्तराष्ट्रिय प्रतिबन्धमाथि सी जिनपिङको सहमतिपछि दुवै देशको सम्बन्धमा तिक्तता आएको थियो । उनी अगाडि भन्छिन्, पछिल्लो वर्ष उत्तर कोरियाले प्योङयाङ यात्रामा आइरहेका चिनियाँ दूतलाई फिर्ता पठाइदिएको थियो । यसको बाबजुद चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनिरह्यो र लामो समयसम्म उसको सहयोगी पनि ।
बिबिसी संवाददाता लाउरा भन्छिन्, ‘तपाईं विश्वतर्फ अघि बढिरहनुभएको छ भने त्यतिखेर तपाईंका साथमा कोही त हुनैपर्छ ।’ उत्तर कोरियाका युवा नेता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटघाट गर्न गइरहेका छन् । तर उनीहरुसँग भेटघाट हुनु अगावै चिनीया राष्ट्रपतिसँग भेटेर उत्तरकोरियाको सबैभन्दा नजिकको सम्बन्ध चीनसँग भएको प्रमाणित गर्न खोजेको बताइएको छ । बीबीसीको सहयोगमा
१८ चैत्र २०७४, आइतबार
259
Shares







