२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

अपराध नियन्त्रण गर्न प्रहरीको तीन महिने कार्य योजना


२० चैत्र २०७४, मंगलबार  

14
Shares

ओखलढुंगा । ओखलढुंगामा अपराध नियन्त्रण गर्न प्रहरीले तीन महिने कार्ययोजना निर्माण गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालयले तीन महिने कार्य योजना निर्माण गरेको हो ।
प््रहरीले तीन वर्षे अपराधको विष्लेषण गरेर नियन्त्रणको लागि अल्पकालीन तीन महिने योजना निर्माण गरेको हो ।
जिल्ला स्तरमा सरोकारवाला निकायका प्रमुखहरुसँग अन्र्तक्रिया गरेर आएकबा सुझावका आधारमा योजना निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएस्पी अनन्तराम शर्माले जानकारी दिए ।
योजना अनुसार जिल्लाका सबै प्रहरी इकाइहरुले बैशाखभरि महिनाको हरेका आइतबार बलात्कार तथा अन्य जधन्य अपराध र कानुनी कारवाहीका बारेमा चेतना जनाउने कार्यक्रम चलाउने जेष्ठ महिनामा दोस्रो महिना जेठमा अपराध अनुसन्धान र तेस्रो महिना असारमा जवरजस्ती करणी तथा उद्योग मुद्दाका साक्षी र पीडितको सुरक्षा विषयमा कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरीले निर्माण गरेको कार्ययोजनाका बारेमा बोल्दै जिल्ला न्यायधिस कैलाश केसीले सभ्य समाज निर्माणमा जुट्नु सबैको दायित्व भएको बताए । उनले बलात्कारजन्य अपराधका मुद्दाहरु पहिले सहमति र विवाद बढेपछि उजुरी गर्ने परम्पराको विकास हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले यस्ता प्रकृतिका अपराध अनुसन्धानमा सचेततापूर्वक लाग्न सुझाव दिए ।
अपराध बढे
प्रहरीको तथ्यांकमा विगतको तुलनामा गैरकानुनी गतिविधि बढेको एक तथ्याङ्कले देखाएको हो । मंगलबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको त्रि वर्षीय मुद्दा दर्ता संख्या विवरण अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा अपराधिक क्रियाकलाप बढेका हुन् ।
आर्थिक वर्ष २०७३÷०७४ मा विभिन्न प्रकारका ९५ वटा घटना भएकोमा चालु आर्थिक वर्ष २०७४÷०७५ को दोस्रो चौमासिक (हाल सम्ममा) त्यो संख्या बढेर ९८ पुगेको विवरण जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शर्माले बताए ‘विभिन्न प्रकृतिका अपराध हाम्रो जिल्लामा बढ्दो देखिएको छ ।’ विवरण सार्वजनिक गर्दै शर्माले भने– ‘अपराध बढ्नुमा थुप्रै कारणहरु छन्, त्यस मध्येको पहिलो कारण चेतनाको अभाव हो ।’
जवरजस्ती करणी र आत्महत्या धेरै
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा झुण्डिएर हात्महत्या गर्नेको संख्या बढेको छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा २१ जनाले झुण्डिएर हात्महत्या गरेकोमा चालु आर्थिक वर्ष २०७४÷०७५ को दोस्रो चौमासिक सम्ममा त्यो संख्या बढेर २७ पुगेको छ । जिल्लामा जवरजस्ती करणीका घटना पनि बढेका छन् । गत वर्ष २ वटा भएको यसवर्ष त्यो संख्या बढेर ४ पुगिसकेको छ ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा कर्तव्य ज्यान सम्बन्धी ३, ज्यान मार्ने उद्योग सम्बन्धी ४, भवितव्य ज्यान सम्बन्धी १८, विष सेवन गरि आत्महत्या ५,सवारी ज्यान सम्बन्धी ५, वहुविवाह सम्बन्धी १, नकवजनी चोरी २ र सार्वजनिक अपराध सम्बन्धी २७ वटा घटना प्रहरीमा दर्ता भएका छन् । सबै प्रकृतिका घटना विगतको तुलनामा बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  २ : ५८ बजे