१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेपाली कांग्रेसको सरकारले जनतालाई झुक्याएको छ : सांसद सुनुवार [भिडियो सहित]

गाउँगाउँका जनताले सिंहदरबारको अधिकार महशुस गर्न पाएनन्



काठमाडौं । प्रतिनिधी सभाका सदस्य यज्ञराज सुनुवारले नेपाली कांग्रेसको नेतृत्वमा रहेको पूर्व सरकारले भूकम्प पीडितलाई थप एक लाख अनुदान दिने भनेर जनतालाई झुक्याएको आरोप लगाएका छन् । मंगलबार बसेको संघीय संसदको बैठकमा विशेष समयमा बोल्दै सांसद सुनुवारले मुख्य सचिवले यसबारेमा थाहा नभएको अभिव्यक्ति दिएपछि उनले तत्कालिन नेपाली कांग्रेसको सरकारले भूकम्प पीडितलाई झुक्याएको आरोप लगाएका हुन् ।

‘सरकारले जनतालाई झुक्याएको हो, वा नेपाली कांग्रेसको नेतृत्वमा रहेको पूर्व सरकार आफै झुक्कीएको हो’ सांसद सुनुवारले भने, ‘यो के हो जनता जान्न चाहान्छन्, यो सदन जान्न चाहान्छ ।’
भूकम्प पिडीतले ३ वर्ष बितिसक्दा समेत राहत नपाएको गुनासो गरेका छन् । उनले हजारौं बालबालिकाहरु ३ वर्षदेखि खुल्ला आकाशमुनी विद्यालय भवनको अभावमा पढ्न विवश भएको बताएका हुन् ।
https://youtu.be/GE0NXNDtVaQ
ओखलढुंगा जिल्लाको प्रतिनिधित्व गर्दै उनले जिल्लाको भूकम्प पीडितहरुले अझैसम्म राहत रकम नपाएको बताए । ‘भूकम्प पीडितहरु दोस्रो र तेस्रो किस्ता लिन सदरमुकामको बैंकमा जाँदा बैंकमा पैसा हुँदैन, ४ दिन पैदल हिँडेर सदरमुकाम पुगेको भूकम्प पीडितहरुलाई अर्को पिडा थपिन्छ’ सांसद सुनुवारले भने, ‘प्राधिकरणले समयमा घरको नक्शा नदिँदाखेरी जनताले घर बनाए, तर अहिले प्राधिकरणका प्राविधिकले सिफारिस नदिँदाखेरी भूकम्प पिडितले अनुदान पाउन सकेका छैनन् ।’
स्थानीय तहमा सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए पनि जनताले सिंहदरबारको अधिकार महशुस गर्न नपाएको बताए । ‘७ सय ५३ वटा स्थानीय तहमा बैंकहरु स्थापना हुन्छ भनेर सरकारले भन्यो तर बैंकहरु स्थानीय तहको केन्द्रसम्म पुग्न सकेको छैन’ सांसद सुनुवारले भने ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ४ : १० बजे