३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

कविताको भोक नवयुगकी सुम्निमाले मेटाएको छः कवि मुकारुङ [भिडियोसहित]



काठमाडौं । कवि श्रवन मुकारुङले कविता संग्रह नवयुगकी सुम्निमाले कविताको भोक मेटाएको बताएका छन् । कवियत्री सकुन आँशुको नवयुगकी सुम्निमा कविता संग्रह विमोचन कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्नुहुँदै कवि मुकारुङले लामो समयदेखि लागिरहेको कविताको भोक मेटाएको बताएका हुन् ।

‘म निक्कै समय कविताको भोको भैसकेको रहेछु, भात भएपो विहान बेलुकी खाएर भोक मेटाउनुर’ कवि मकारुङले भने, ‘किनभने राम्रो कविता पढ्न पाउनु कठिन छ । नयाँ फ्रेस कविताको मलाई निक्कै भोक लागेको रहेछ ।’

नवयुगकी कविता संग्रहभित्र एकदमै मर्मस्पर्सी कविताहरु लेखिएको मुकारुङले बताए । ‘मैले एक बसाईमै सबै कविताहरु पढेर सके’ मुकारुङले भने, ‘म यी कविताहरु पढेर आँखाभरी आँशुनै आयो । सबै कविताहरु सरल र सहज रुपमा लेखिएको छ ।’

शकुन आँशुलाई कवि विमला तुम्खेवाले पछिल्लो समयको कवियत्रीहरुमध्ये अब्बल कवियत्रीको पहिचान स्थापित गर्न सफल भएको बताएका छन् । ‘सगुन बहिनीको कविता पढिरहदाँखेरी कुनै पनि विषय वस्तुलाई सुस्म रुपमा विश्लेषण गर्ने हो भने पनि उहाँ सफल कवियत्रीको रुपमा परिचित जस्तो लाग्छ,’ तुम्खेवाले भने, ‘उहाँमा धेरै कवियत्रीहरुभन्दा सरल र सहज रुपमा शब्द र भावनालाई अभिव्यक्त गरिएको पाइएको छ ।’

अर्का वक्ता डा. केशव सिलवालले कविता संग्रहभित्र आदिवासी विम्बको रुपमा सुन्दर प्रस्तुति दिइएको बताएका छन् । ‘सकुन आँशुको नाम कवितामा शब्द मार्फत सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ,’ डा. शिलवालले भने, ‘कविता संग्रहभित्र सुन्दर रुपमा आदिवासी विम्बलाई प्रस्तुत गरिएको छ ।’

सिर्जनाको प्रयोगशालामा पहिलो कृति कविता संग्रह नवयुगकी सुम्निमा प्रकाशित गरिएको कवियत्री शकुन आँशुले बताएका छन् । कविता विमोचन कार्यक्रममा वक्ताहरुले दिएको सल्लाह र अभिव्क्त विचारहरुलाई आगामी दिनमा नेपाली साहित्यिक क्षेत्रमा थप उर्जाका साथ लाग्ने कवियत्री आँशुले बताए । ‘मेरो पहिलो कृति कविता संग्रह नवयुगकी सुम्निमालाई यहाँहरु सबैले मनपराईदिनु भएकोमा धेरैधेरै धन्यवाद दिन चाहन्छु’ कवियत्री आँशुले भनिन् ।

कविता संग्रह विमोचन कार्यक्रमा कवि तथा साहित्यकारहरुको उलेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ३० बजे