५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

शेर्पा किदुक युएईको बोनम्यारो पिडित मिङमाडोमालाई आर्थिक सहयोग



काठमाडौं । शेर्पा किदुक युएईका सदस्यहरुले बोनम्यारो रोगबाट पिडित मिङमाडोमा शेर्पालाई आर्थिक सहयोग गरेका छन् । सेवा नै धर्म हो भन्ने भावनाका साथ बोनम्यारो रोगबाट पिडित शेर्पालाई ४४ हजार ७ सय ८० रुपीयाँ आर्थिक सहयोग गरेको हो ।

शेर्पा किदुक साइप्रसका सदस्य समेत रहेका पिडीत शेर्पालाई थोपा थोपा मिलेर समुन्द्र बन्छ भन्ने यथार्थलाई अगाल्दै आफूले सकेको सहयोग गरेको शेर्पा किदुक युएईका अध्यक्ष आङफुरी शेर्पाले बताए ।
बोनम्यारो रोगको उपचारको लागि धेरै रकम लाग्ने भएकाले पनि आफूहरुले सकेको सहयोग गरेको शेर्पा किदुक युएईका सदस्यहरुले बताए । बिरामीको मनोबल उच्च राख्न र होष्टेमा हैसे होस भन्ने हेतुले आफ्नै सँस्थाभित्रबाट आर्थिक सहयोगको काम शुरु गरिएको अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार  ३ : २८ बजे