२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

कुश्मा नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते


रासस

२ बैशाख २०७५, आइतबार  

133
Shares

पर्वत । कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काप्mले लामिछाने घाइते भएका छन् ।

काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् । ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो ।
घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७५, आइतबार  २ : १९ बजे