२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

अष्ट्रियामा नेपालको पर्यटन प्रबर्द्धन गर्दै नेपालीहरु [फोटो फिचर]


२ बैशाख २०७५, आइतबार  

189
Shares

अष्ट्रिया । अष्ट्रियाको राजधानी भियनामा रहेको नेपाली राजदूतावासले नेपालको संस्कृति तथा पर्यटन प्रबर्द्धन सम्बन्धी कार्यक्रम गरेको छ । भियनास्थित संयुक्त राष्ट्रसंघ कार्यालयको परिसरमा गत बुधबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली दूतावास महिला परिवारको सक्रियता तथा युनाइटेड नेसन्स वुमन्स गिल्डका अन्य नेपाली सदस्यहरुको सहयोगमा भएको उक्त कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य तथा भेषभुषाहरु प्रस्तुत गरिएको थियो । साथै नेपालका पर्यटकीय क्षेत्रका विषयमा भिडियो प्रदर्शनी तथा परिचयात्मक प्रवचन समेत दिइएको थियो ।

नेपाली कफी मर्निङ नाम दिइएको उक्त कार्यक्रममा नेपालका विभिन्न मौलिक परिकार समेत राखिएको थियो । कार्यक्रममा भियनास्थित विभिन्न मुलुकका महिला कुटनीतिज्ञ, नियोग तथा राष्ट्रसंघीय कार्यालयमा कार्यरत कूटनीतिज्ञ तथा कर्मचारीहरुका महिला परिवार लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले भियनास्थित कूटनीतिक समुदाय तथा विदेशी नागरिकहरुमा नेपाली मौलिक कला, संस्कृतिका विषयमा जानकारी प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत सघाउ नेपाली राजदूतावास, भियनाले जनाएको छ ।

नेपाली राजदूताबासले अायोजना गरेको कार्यक्रममा सहभागी नेपाली तथा अष्ट्रियाली नागरिकहरु ।

कार्यक्रम पश्चात खाना खाँदै नेपाली तथा अष्ट्रियाली नागिरकहरु ।

कार्यक्रममा प्रदर्शन तथा विक्रिमा राखिएका नेपाली ढाका र पर्यटन क्षेत्रको जानकारीमूलक पुस्तकहरु ।

प्रकाशित मिति : २ बैशाख २०७५, आइतबार  २ : १८ बजे