जापानको सबैभन्दा ठुलो प्रतिपक्षी दलको नेतामा महिला निर्वाचित

0 Shares

टोक्यो, ३० भदौ । जापानको सबैभन्दा ठूलो प्रतिपक्षी दल “डेमोक्र्याटिक पार्टी”को नेतामा पहिलो पटक महिला निर्वाचित हुनुभएको छ ।

टेलिभिजनकी पूर्वसमाचार प्रस्तोतासमेत रहनुभएकी ४८ वर्षीय रेन्हो ठुलो मतअन्तरले विजयी हुनुभएको हो ।

पार्टीको कार्यकारी अध्यक्षका लागि भएको निर्वाचनमा कुल ८४९ मतमध्ये उहाँले ५०३ मत पाउनुभएको थियो ।

उहाँका अरु दुई प्रतिश्पर्धीमध्ये पूर्वविदेशमन्त्री सेइजी मइहारा र तल्लो सदनका सभासद् युइचीरो तमाकीले क्रमशः २३० र ११६ मत पाउनुभएको थियो ।

पूर्वमोडल र टिभी समाचारप्रस्तोता रेन्हो सन् २००४ मा माथिल्लो सदनमा टोकियोबाट सभासद् हुनुहुन्थ्यो ।

आफ्नै पार्टी सरकारमा रहेका बेला सन् २००९ देखि २०१२ सम्म प्रशासन पुनःसंरचना मन्त्री बन्नुभएको थियो । उहाँको कार्यकाल २०१९ सम्म रहने छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार