१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल


२० बैशाख २०७५, बिहिबार  

7
Shares

काठमाडौँ, पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा ९एमाले० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उहाँहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहिबार  ६ : ५२ बजे