३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

उत्तर कोरियाली उच्च पदस्थ अधिकारी अमेरिका आउँदै : ट्रम्प


एएफपी

१६ जेष्ठ २०७५, बुधबार  

112
Shares

वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार कोरियाली उच्च पदस्थ अधिकारी किमसँग गर्ने भनिएको शिखर वार्ताको तयारीका लागि छलफल गर्न न्यूयोर्कका लागि छुट्ेको आफ्नो ट्वीटर सन्देशमार्फत जानकारी गराएका छन् ।
ट्रम्पले लेखेका छन्, “हामीले उत्तर कोरियासँगको शिखर सम्मेलनका लागि एउटा समूह बनाएका छौँ । शिखर सम्मेलन तथा अन्य विविध विषयलाई लिएर सम्बन्धित पक्षसँग हाल छलफल चलिरहेको छ ।”
उनले सन्देशमा थप उल्लेख गरेका छन्, “शिखर सम्मेलनको तयारीका सन्दर्भमा उत्तर कोरियाको वर्कर्स पार्टीका उपाध्यक्ष किम योङ चोल मेरो पत्रको प्रति ठोस प्रतिक्रिया जनाउँदै अहिले न्यूयोर्कतर्फ आउँनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार  ११ : २४ बजे