सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द

  रासस÷एएफपी० ः
14 Shares

वासिङटन,अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ ।


राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भएको शिखर वार्ताको सफलतापछि यसैमा केन्दित भएर यो निर्णय गरिएको पेन्टागनका प्रवक्ताले जानकारी दिएको छ ।
अमेरिकाले दक्षिण कोरियाली सेनासँग अगस्ट महिनाका लागि तय गरेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको घोषणा भएको हो ।
यसअघि अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउँदै आएको थियो ।
गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो ।
सो वार्ताको क्रममा अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने सहमति जनाएको भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार