सुनसरी, १ असोज । सुनसरी जिल्लाको बराह क्षेत्र १ चतराधाममाबाट शुक्रबार एपीएफ टोलीले करीव एक के.जी. गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका १८ बस्ने २५ वर्षिय करण चौधरी, सोहि जिल्लाको बराह क्षेत्र १ बस्ने २१ वर्षिय मनिस थापामगर र उदयपुर जिल्लाको मैनामैली घर भई बराह क्षेत्रमा बस्ने २३ वर्षिय निरज राई छन् ।
बराह क्षेत्रबाट चतरातर्फ जाँदै गरेको बा ४१ प ६८७१ नम्बरको मोटरसाईकलाई सशस्त्र प्रहरी बल सुरक्षा वेश चतराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्ने क्रममा निजहरुको साथबाट उल्लेखित गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यका कारवाहीको लागि स्थानीय प्रहरुमा बुझाएको छ ।
१ आश्विन २०७३, शनिबार
0
Shares







