पूर्वी भारतमा बारुदी सुरुङ विस्फोट, ६ प्रहरीको मृत्यु

63 Shares

नयाँदिल्ली । पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ । विस्फोटमा परी ६ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

फाईल फोटो ।

यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी सुरुङ्ग विस्फोट गराएको हुनसक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् । आक्रमणमा परी झारखण्ड जागुर बलका ६ प्रहरी मारिनुका साथै अन्य ४ जना घाइते भएको जनाइएको छ ।
एक भ्रमणको क्रममा यात्रामा रहेका ती प्रहरी अधिकारीहरु आक्रमणमा परेको प्रहरी अधिकारीहरुले बताएका छन् । घाइतेहरुलाई तत्काल अस्पताल लगिएको बताइएको छ । एक जना वरिष्ठ प्रहरी अधिकारी विपुल सुक्लाले गर्वा जिल्लाको चिन्जो क्षेत्रमा वामपन्थी विद्रोहीहरुको उपस्थिति रहेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार