सोलुदुधकुण्डा ६ का जेष्ठ नागरिकलाई लौरो उपहार

जेष्ठ नागरिकलाइ १ लाखको बीमा गर्ने प्रदेश सरकारको योजना : सांसद राजभण्डारी

Facebook Debugger

सोलुखुम्बु । प्रदेश नं. १ सोलुखुम्बु ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारीले जेष्ठ नागरिकहरुलाई १ लाख बराबरको बीमा गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् । सोलुदुधकुण्ड वडा ६ को आयोजनामा जेष्ठ नागरिकहरुलाई लौरो वितरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद राजभण्डारीले ५ वर्षभित्र सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउने पनि प्रदेश सरकारको योजना रहेको बताएका हुन् ।

नगरपालिका वडा ६ को जेष्ठ नागरिकहरुलाई सम्मान र साथको लागि लौरो वितरण गरिएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताए । कार्यक्रममा वडा ६ का २५ जना जेष्ठ नागरिकहरुलाई लौरो वितरण गरिएको थियो ।

लौरो पाएपछि वडा ६ नयाँबजारका कर्णबहादुर नेपालीले सानै काम भए पनि जेष्ठ नागरिकहरुको लागि साहारा भएको बताए । त्यस्तै सोहि वडा थातेङका शोभामाया विश्वकर्माले बुढेसकालमा हिडडुल गर्नको लागि लौरोको साहारा उपयोगी हुने बताए ।

छुल्यामुका पुटि शेर्पाले कतिपय घरपरिवारका सदस्यले समेत वेवास्ता गरिरहेका बेला वडापालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । दोर्पुबजारका तुलसीनारायण श्रेष्ठ र घननारायण राजभण्डारीले बुढेसकालको साहारा लौरोलाई नै बनाएकाले सानै काम भएपनि जेष्ठनागरिकहरुलाई ठूलो राहत मिलेको बताए । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईको समेत उपस्थिति रहेको थियो ।

सोलुदुधकुण्डका वडा ६ का जेष्ठ नागिरकलाई लौरो वितरण गर्नुहुँदै सोलुखुम्बु प्रदेश १ ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारी ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार