एक वर्षमा चम्पादेवी ७ का वडा अध्यक्ष सुरेश थापाले गरेका १६ काम

2k Shares

ओखलढुंगा । चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सुरेश थापाले एक वर्षको अवधिमा वडा कार्यालयले सम्पन्न गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । थापाले पाँच जना वडाका जनप्रतिनिधीको अगुवाइमा भएका कामका विवरण सार्वजनिक गरेका हुन् । थापाको अगुवाइमा भएका वडा कार्यालयले गरेका १६ काम यस्ता छन् ।
१ शेरा–कोलचौर–खड्का गाउँ सडक निर्माण
२ शेरा–देवितार–चिप्लिङ सडक निर्माण ३ च्यानडाडा टाउके–चित्रे–ताप्केडाडा सडक निर्माण
४ फुलबारी–जौखोरिया–मिश्रभन्ज्याङ्ग सडक स्तरोन्नति
५ फुलबारी सामुदायिक स्वास्थ्य इकाईसम्म सडक निर्माण
६ सामुदायिक स्वास्थ्य इकाइलाई स्वीकृत गरि पौष १९ बाट इकाई स्थापना गरि संचालन
७ सामुदायिक स्वास्थ्य इकाइको नाममा निःशुल्क २ रोपनी जग्गा उपलब्ध गराइएको
८ वडा कार्यलयलाई १ रोपनी जग्गा उपलब्ध गराइएको
९ सामुदायिक स्वास्थ्य इकाइको आफ्नै जग्गामा ४ कोठाको भबन निर्माण कार्य भै रहेको
१० शेराबेशी खानेपानी योजना सम्पन्न
११ शेराबेसी कुलो निर्माण सानो सिचाइ मार्फत काम भइरहेको
१२ लहरेनी खोला फुलबारी कुलो सिचाइमार्फत काम भैरहेको
१३ ज्ञानप्रकाश माबि लगायत ७ न का विद्यालयलाई नमूना विद्यालय बनाउन आर्थिक, भौतिक सामान उपलब्ध गराइ १–३ कक्षा सम्म अङ्ग्रेजी माध्यमबाट पठन पाठन गराइएको
१४ कोलचौर आधारभुत बिद्यालयको नाममा २ रोपनी जग्गा निशुल्क उपलब्ध गराइएको
१५ सेराखोला तारुके पिको हाइड्रो विद्युत १० किलोवाट उत्पादन गरि वडा भरी विस्तार गरिएको
१६ चित्रे खोला टाउके कुलो निर्माण सानोसिचाइ मार्फत काम भइरहेको ।
थापाले नागरिकको विकासको चाहानालाई वडा कार्यालयले सधैं सम्मान गर्ने र निरन्तर विकास निर्माणकै काममा जुट्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार