यस्ता छन्, सिद्धिचरण– १० का वडा अध्यक्ष दामोदर धमलाका ६ काम

होमडेलिभरि शून्य बनाउने प्रतिबद्धता

Facebook Debugger

ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं. १० अध्यक्ष दामोदर धमला नगर कार्यपालिकाको सामाजिक विकास समितिका अध्यक्ष हुन् । उनले एक वर्षमा वडाभित्र गरेका विकास निर्माण र प्रगतिको विवरण सगरमाथा अनलाइन मार्फत सार्वजनिक गरेका छन् । उनले चालु आर्थिक वर्षमा सडक निर्माण नै मुख्य प्रथामिकतामा रहेको जनाए ।धमलाले सार्वजनिक गरेका प्रगति विवरण बुँदागत रुपमा हेर्नुहोस् :

ग्रामीण विद्युतीकरणकाे काम हुँदै

१. बेनिती–आम्लानी सडक निर्माण
२. शैक्षिक सुधार योजना तयारी गरि लागु गरिएको
३. कृषि उपज संकलन केन्द्र निर्माण
४.ग्रामीण विद्युतीकरणको योजना शुरु
५. बाहुँन डाँडामा मैदान निर्माण
६. स्वरोजगारमूलक तालिम सञ्चालन
अध्यक्ष धमलाले आगामी वर्षका प्रथामिकता पनि सार्वजनिक गरेका छन् । उनले आगामी वर्ष आम्जानी पारा दोभान सडक पुरा गर्ने लक्ष्य रहेको जनाए । कृषकलार्य अभिमुखिकरण, वडा स्तरीय युवा सम्मेलन, होमडेलिभरी शून्य बनाउने अभियान चलाइने जनाए । अहिले टुक्रे योजना नरहेको पनि जानकरी दिए । आगामी वर्ष मुख्य गरि ग्रामीण विद्युतीकरण अनर्तगत सबै घरमा विजुली जडान गर्ने लक्ष्य रहेको जनाए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार