३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

भारत अधिनस्थ काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु



भारत २ असोज । भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । सैनिकको उत्तरी कमाण्डले सो जानकारी दिएको छ ।
यस आक्रमणको क्रममा उरीस्थित सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ ।
यस आक्रमणमा १७ सैनिकले आफ्नो बलिदान दिएको सैनिकको उत्तरी कमाण्डद्धारा ट्वीटरमार्फत जानकारी दिएको छ ।
भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट १ सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्ने बताइएको छ । रासस/एएफपी

प्रकाशित मिति : २ आश्विन २०७३, आइतबार  ७ : १४ बजे