जाजरकोट, यहाँको नलगाड नगरपालिकाका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ । विद्यार्थीलाई डिजिटल बोर्ड ९विद्युतीय पाटी० र कम्प्युटरमार्फत पढाइन लागेको हो ।

त्यस्तै रुकुम पश्चिमका २८७ वटै विद्यालयलाई पनि प्रविधिमैत्री बनाउन र शिक्षामा गुणस्तरीयता बृद्धि गर्न स्थानीय सरकारका प्रतिनिधि सहमत भएका छन् । यसको व्यवस्थापनका लागि हरेक वर्ष रु २४ करोड बजेट खर्च हुने अनुमान गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताए ।
प्रशासनिक, अनुगमन, पाठयोजना र सूचना प्रविधि जडान तथा पठनपाठनका लागि एक वर्षमा रु २४ करोड लाग्ने र त्यसको व्यवस्थापन आ–आफ्नो स्थानीय तहले व्यहोर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । प्रविधि र दक्ष जनशक्तिको सहायताले अबको तीन वर्षभित्र सबै विद्यालयका प्रअ, व्यवस्थापनलगायत सबै कुरा प्रविधिमैत्री भइसक्ने गरी योजना बनाइएको छ ।
त्यसका लागि संघीय तथा प्रदेश सरकार, शिक्षा मन्त्रालय, दातृ निकायसँग आर्थिक तथा प्राविधिक सहयोग लिइनेछ । विद्यालयको लेखा तथा प्रशासन, अनुगमन र पठनपाठनलाई प्रविधिमैत्री बनाउन मिदास नामक संस्थाले चारवटा सफ्टवेर निर्माण गरिदिने भएको छ । आगामी भदौ १ गतेदेखि सबै स्थानीय तहका केही विद्यालयबाट यसको शुरुआत गरिने भएको छ ।
सबै विद्यालयलाई प्रविधिमैत्री बनाएर तीन वर्षभित्र जिल्लामा शैक्षिक गुणस्तर ८० प्रतिशत बृद्धि गर्ने गरी काम गरिने जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए ।

विद्यालय प्रविधिमैत्री भयो÷भएन, गुणस्तरीय शिक्षा दिन शुरु गरिएको छ कि छैन भनेर १० विद्यालयबराबर एकजना अनुगमनकर्ता खटाइनेछ । उनीहरूको प्रतिवेदनअनुसार विद्यालयमा अपुग विषयको व्यवस्थापन र नगर्नेलाई कारवाहीको दायरामा समेत ल्याइने गरी कार्ययोजना बनाइएको छ ।







