रौतामाई धार्मिक स्थललाई पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न बृहत् गुरुयोजनाको तयारी

Facebook Debugger

गाईघाट, उदयपुर,जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ ।

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए ।

गाईघाटदेखि रौतासम्म केबलकार सञ्चालनका लागि दुबै गाउँपालिका र नगरपालिकका साथै अन्य ठूला निजी कम्पनीको आर्थिक लगानीका लागि छलफल भएर सहमति नजिक पुगेको उहाँले जानकारी दिए ।

यस्तै रौता पोखरी क्षेत्रमा यसै आवदेखि नै भ्यूटावर निर्माण गरिने, विद्युत्, खानेपानी, र प्रहरी चौकी स्थापना र गेष्टहाउस निर्माण गरी चार वर्षभित्र रौता क्षेत्रलाई जिल्लाकै बृहत् पर्यटकीयस्थलका रुपमा विकास गरिने सोही गाउँपालिकाकको उपाध्यक्ष कुमारी ठकुरीले बताए ।सो गुरुयोजनाका लागि झण्डै रु एक अर्बभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ ।

अबको चार वर्षभित्र उदयपुर जिल्लाको धार्मिक पर्यटकस्थल रौता क्षेत्र जिल्लाकै पहिलो धार्मिक तीर्थस्थलको रुपमा पूर्ण विकसित हुने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि दुईहजार मिटरको उचाइमा अवस्थित रौता पोखरी क्षेत्रमा जिल्लाकै धार्मिक पवित्र तीर्थस्थल रौता पोखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा
दैनिक २०० सम्म तीर्थयात्री आउने गरेको स्थानीय जुद्धबहादुर मगरले बताए ।

उच्च पहाडी क्षेत्रमा रहेको रौताबाट सगमाथा हिमालसहित, सोलुखुम्बु, ओखलढुंगा खोटाङ भोजपुर जिल्ला देख्न सकिन्छ भने दक्षिणतर्फ सुनसरीको इटहरी, दुहबी, सप्तकोशी, सिरहा र जनकपुरसमेत देख्न सकिने रौता गाउँपालिका–३ का कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए ।

केबलकार जडान, भ्यूटावर निर्माण कार्यले अब रौता क्षेत्र जिल्लाकै बृहत् पर्यटकस्थलका रुपमा विकासित हुने र योजना सम्पन्न भएपछि रौतामा वार्षिक सातलाखसम्म पर्यटक भित्र्याउन सकिने त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले बताए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार