स्थानीय वन संरक्षणका लागि अग्रसर हुँदै

Facebook Debugger

जाजरकोट । स्थानीय बारेकोट र कुशे गाउँपालिकाको वनक्षेत्र तथा वन्यजन्तु संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग छलफल गरिएको छ ।
जिल्लामै पर्याप्त वनजंगल रहेका यी दुई गाउँपालिकामा पछिल्लो समय वन विनास, चोरी शिकारीलगायतका कार्य बढ्न थालेपछि यी गाउँपालिकाका विभिन्न जंगललाई समेटेर संरक्षित क्षेत्र बनाउने विषयमा बहस तीव्र हुन थालेको हो ।

यहाँको पर्यटनलाई व्यावसायिकरण गर्नका लागि पर्यटन गुरुयोजना निर्माण र संरक्षण क्षेत्रको आधार तयार गर्नका लागि पूर्व सम्भाव्यता अध्ययन गर्न कोष तथा स्थानीय तहको संयुक्त साझेदारीका विषयमा छलफल भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। 

अहिले यी विषयमा प्रारम्भिक छलफल भएको र साझेदारीका लागि सहमति नजिक पुगेको समेत उहाँको भनाइ थियो ।

छलफलमा स्थानीय तहका तर्फबाट अध्यक्ष शाहलगायत कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, कांग्रेस नेता बेदराज सिंह, पत्रकारद्वय हरिहरसिंह राठौर तथा सुरेन्द्र सिंहलगायतको सहभागिता थियो भने कोषका तर्फबाट कोष सञ्चालक समितिका सदस्य– सचिव गोविन्द गजुरेल, कार्यकारी निर्देशक दीपककुमार सिंह, कार्यक्रम निर्देशक सरिता ज्ञवालीलगायतका व्यक्ति सहभागी थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार