गोक्यो हिमतालमा यसरी बेपत्ता भएका थिए ३ विद्यार्थी [भिडियो सहित]

  बुद्धवीर बाहिङ
14.7k Shares

सोलुखुम्बु । शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी गोक्यो हिमतालमा पौडी खेल्दा खेल्दै बेपत्ता भएको भिडियो सार्वजनिक भएको छ । स्थानीय होटल व्यवसायीले गोक्यो हिमतालमा पौडी खेल्दै गरेका विद्यार्थीको भिडियो खिचेर सार्वजनिक गरेका हुन् ।
एक मिनेट २९ सेडेण्ड खिचिएको भिडियोमा गोक्यो हिमतालकोे छेउमा गएर पानी खेलाउँदा खेलाउँदै विद्यार्थीले पौडी खेलेका छन् । एक जना विद्यार्थी निलो रंगको टिसर्टसँगै केहि समय पौडीखेलेपछि कपडा फुकालेर फालेको दृष्य देख्न सकिन्छ । ती विद्यार्थी यता साथीहरु भएको ठाउँमा आई नपुग्दै अर्का नीलो रंगको हापपाइन्ट लगाएका विद्यार्थी पौडीखेल्न हामफालेका छन् ।
हिमतालको डिलबाट शेर्पा भाषामा ‘ओई पेम्बा दोन दो’ भन्ने आवाज सुनिन्छ । आवाज आउन साथ पेम्बाले पानीमा हामफाल्छन् । पेम्बाले पानीमा हाम फाल्नसाथ एक छात्राले ‘ओइ त्यो जान्छ है’ भनेका छन् । ओइ त्यो जान्छ है भनि नसकिनै पेम्बा चिप्लिएर हिमतालको गहिराईमा डुबेका छन् ।
उनलाई तान्न अर्का विद्यार्थी गए उनी पनि उतै डुबेका छन् । कसैले ‘डोरी ले डोरी’ भन्दै चिच्याएका छन् त, कसैले अत्तालिदै डुबेका विद्यार्थीलाई तान्न कोशीस गरेका थिए । तर हेर्दा हेर्दै ती विद्यार्थी पानीमा बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा कक्षा ९ मा अध्यनरत छात्रहरु पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा छन् ।
यो घटनाको सत्यथत्य विस्तृत विवरण हामी तपाई माझ अवश्य ल्याउने छौं । घटनामा को दोषी छ भन्ने विषय अहिले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र नाम्चे ईलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/qWGS3XelP5Y

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार