२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

पुराना गाडी हटाउन यातायात मजदुरको माग



काठमाडौँ, ३ असोज । नेपाल यातायात लोकतान्त्रिक मजदुर सङ्गठनले २० वर्षे मोटर साइकल र पुराना निजी गाडीको दर्ता खारेज गर्नुपर्ने, जनतालाई भ्रम सिर्जना हुने गरी ट्याक्सी चालकलाई ठग भनी सञ्चारमाध्यमले प्रचार गर्न नहुनेमा माग गरेको छ ।
सङ्गठनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी ट्राफिक प्रहरीले ट्याक्सी चालकमाथि मिटरमा ट्याक्सी चलाउन दबाब दिन नहुने, ट्याक्सीको पार्किङ सुविधा उपलब्ध गराउनुपर्ने, लेन मिचेको आधारमा रु ५०० देखि एक हजार ५०० सम्मको जरिवाना खारेज गर्नुपर्ने माग गरेको हो ।
सङ्गठनका संयोजक भरत गुरुङले ट्राफिक प्रहरीले ट्याक्सी चालकलाई दुःख दिने र चिट काट्ने गरेको भन्दै एउटा ट्याक्सी धनीलाई पाँच वटाभन्दा बढी ट्याक्सी राख्न दिन नहुने धारणा राख्नु भयो । सङ्गठनले आफ्ना माग पुरा नभए आन्दोलन गर्ने बताएको छ । रासस

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  २ : ५७ बजे