गोक्यो हिमतालमा डुबेर बेपत्ता ३ विद्यार्थीमध्ये १ को शव भेटियो

  बुद्धवीर बाहिङ
10.9k Shares

सोलुखुम्बु । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका ३ मध्ये १ विद्यार्थीको शव भेटिएको छ । काठमाडौंबाट गएको शसस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालको २५ मिटर गहिराईबाट शब निकालेको हो ।

शसस्त्र प्रहरीको गोताखोर टोलीका सदस्य गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीलाई खोज्दै । तस्वीरः लक्ष्मण अधिकारी ।

हिमतालबाट निकालिएको शवको सनाखत हुन बाँकी रहेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । शसस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले आज (बुधबार) विहानैदेखि हिमतालमा डुबेका विद्यार्थीहरुको खोजी गरिरहेको पनि वडा अध्यक्ष अधिकारीले बताए ।
खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको अगुवाईमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रतिनिधी सभाका सांसद हेमकुमार राई ‘सुरवीर’, सोलुखुम्बु प्रदेश ‘क’ सांसद उत्तमकुमार बस्नेत र प्रदेश ‘ख’ सांसद बुद्धिकुमार राजभण्डारीको संंयुक्त पहलमा शसस्त्र प्रहरीको गोताखोर टोली घटनास्थल पुगेको हो ।
हिजोको तुलनामा आज गोक्यो क्षेत्रमा मौसमले धेरै साथ दिएको वडा अध्यक्ष अधिकारीले बताए । ‘विहानैदेखि अहिलेसम्म पनि घाम लागिरहेको छ’ अधिकारीले भने । अत्याधिक चिसोका कारण गोताखोर टोलीका सदस्य १÷१ घण्टामा आगो ताप्ने, तातो सुपहरु खाँदै डुबेर बेपत्ता भएका बाँकी २ विद्यार्थीको खोजी कार्यमा लागिरहेको पनि अधिकारीले बताए ।
वडा अध्यक्ष अधिकारीको नेतृत्वमा शसस्त्र प्रहरी गोताखोर टोलीबाट ५, नेपाली सेनाका ५ र नेपाल प्रहरीका ५ जनाको टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको खोजी गरिरहेको छ । गत शनिबार भ्रमणको क्रममा गोक्यो ताल पुगेका खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थीहरुमध्ये ३ जना गोक्यो तालमा पौडीखेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
हेर्नुहोस फोटो फिचर । 

शसस्त्र प्रहरीको गोताखोर टोलीका सदस्य गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीलाई खोज्दै । तस्वीरः लक्ष्मण अधिकारी ।
शसस्त्र प्रहरीको गोताखोर टोलीका सदस्य गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीलाई खोज्दै । तस्वीरः लक्ष्मण अधिकारी ।
शसस्त्र प्रहरीको गोताखोर टोलीका सदस्य गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीलाई खोज्न जाने क्रममा । तस्वीरः लक्ष्मण अधिकारी ।

यो पनि पढ्नुहोस ।

प्रतिकुल मौसमका बाबजुत पनि गोताखोर टोली यसरी पुग्यो [फोटोफिचर]

गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजी भोली विहानबाट हुने

हेलचेक्र्याइँले गयो गोक्यो हिमतालमा ३ विद्यार्थीको ज्यान

गोक्यो हिमतालमा बेपत्ता भएका विद्यार्थीलाई खोज्न गोताखोर टोली प्रस्थान

गोक्यो हिमतालमा यसरी बेपत्ता भएका थिए ३ विद्यार्थी [भिडियो सहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार