थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा एकिकृत नमूना वस्ती बन्ने

  बुद्धवीर बाहिङ
896 Shares

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा एकिकृत नमूना वस्ती निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच एकिकृत नमूना वस्तीको अन्तिम समीक्षा गर्दै नमूना वस्ती निर्माणको प्रक्रिया र चरणको बारेमा छलफल गरिएको हो ।

समीक्षा कार्यक्रमको उद्देश्यको बारेमा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताएका थिए । एकिकृत नमूना वस्ती निर्माणको लागि १ वर्षभित्र डिपीआर बनाई सकेकाले त्यसैको अन्तिम समीक्षा तथा छलफल कार्यक्रमको आयोजना गरिएको राईले बताए । ‘यदि अहिलेदेखि नै व्यवस्थित रुपमा काम नगर्ने हो भने, भौतिक निर्माणहरुको सहजिकरण नगर्ने हो भने, हाम्रो गाउँपालिकाको केन्द्र मुक्ली पनि अव्यवस्थित रुपमा विकास हुनेछ’ अध्यक्ष राईले भने, ‘अव्यवस्थित नहोस भनेर हामीले मुक्लीमा एकिकृत नमूना वस्ती निर्माण गर्ने योजना बनाएका हौं ।’
समीक्षा तथा छलफल कार्यक्रममा एकिकृत नमूना वस्ती निर्माणको बारेमा विज्ञहरुले सहजिकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले सल्लाह, सुझाव समेत दिएका थिए । स्थानीय तहको निर्वाचनको बेला नै जनतासँग गरेको बाँचा पूरा गर्ने प्रक्रियामा रहेको अध्यक्ष राईले बताए ।

कार्यक्रममा सोलुखुम्बु प्रतिनिधी सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेश ‘क’ सांसद उत्तमकुमार बस्नेत, नेकपा केन्द्रीय सदस्य राजेन्द्र बस्नेत, नेकपा सोलुखुम्बुका नेता मानवीर राई, नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, उद्यमी तथा नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्की, नेकपा सोलुका नेता कर्ज्याङ शेर्पा, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, वडा नं. ९ वडा अध्यक्ष भूपालसिं राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती, सहसचिव योगेन्द्र कार्की, पूर्व एआईजी मिङमार लामा लगायत थुलुङ दुधकोशी गाउँपालिकाबासीको उलेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार