‘ए हजुर ! ओखलढुङ्गामा रक्सी चैं सर्टेज हुदैन ?’

0 Shares

-शिवप्रसाद ढुङ्गाना

‘ए हजुर ! यहाँ रक्सी चैं सर्जेट हुँदैन ?’ बैंक म्यानेजरको प्रश्न । ‘नाकाबन्दीमा त पेट्रोल अभाव भएन’ पत्रकारको जवाफ । ०७३ असोज २ गते आइतबार १२ः३० बजे राष्ट्रिय वाणिज्य बैंकको ओखलढुङ्गा शाखाका म्यानेजर सुमन आचार्यको कार्यकक्ष नपुग्दै भएको वार्तालाप । वार्तापालपले एक छिन हाँसो फैलियो । सँगै म पनि हाँसे ।img_9402
कुरा यत्तिमै सकिदैन । आचार्य थप्छन्– ‘हिजो एक जना होसै नपाउने गरि पिएर लाइन बसेछ । पैसा पाउने बेलामा त निदाएको पो । चार बजेतिर व्यूँझेछ र ५० हजार दिइ पठाएँ ।’ भुकम्पको अनुदान वितरणको कुरो हो यो । ‘सबै खाएरै आउँछन्, थामिसाध्यै भएन ।’
नजिकै खिजीकाति गाविसका गाविस सचिव कालिबहादुर राई उभिएका रहेछन् । उनलाई पनि कम्प्यूटरको किबोर्डमा हातै नहटाई आचार्यले आफ्नो गाविसका सेवाग्राहीलाई रक्सी नखाइ आए मात्र पैसा दिने भनेर नखाइ लाइन लाग्न भन्नू भन्दै फरमान जारी गर्न भ्याए । अनुदान लिन लाइन बसेका सबैजसोका मुख गन्हाएको थियो । कति उँभिदै निदाएका अवस्थामा थिए ।
+++
५० हजारसँग रक्सीको सम्बन्ध यतिमै सकिदैन । टुरिजम विकास बैंकमा अनुदान लिन खाएका एक लाभग्राहीको अनुदान दिनभरि रोकि दिएको गाविस सचिव दुर्गा खड्काले बताइन् । ‘खुट्टा टेक्न नसक्ने अवस्थामा रहेछ, बाटौमै सक्ला भनेर, ४ बजेतिर अलिक छोडेपछि दिएँ ।’ खड्काको अनुभवन हो यो ।
बाणिज्य बैंकका म्यानेजर आर्चायले ‘अनुदान त बजारमै रक्सी खाएर सक्ने भए’ भनेर चिन्ता व्यक्त गरे– ‘आधाले पनि घर पु¥याउँदैनन् होला ।’ अनुदान वितरण शुरु भएपछि १५ दिन यता सदरमुकाम ओखलढुंगाका होटल र पसल खचाखच भरिएका छन् ।
+++
अधिकांश लाभग्राही साथी वा परिवारका सदस्यसहित अनुदान लिन एक हप्तादेखी सदरमुकाममै बसेका छन् । बजारमै अहिले सबैभन्दा धेरै मदिराको कारोबार भएको होटल व्यवसायीहरु बताउँछन् । बैँकमा अनुदान लिन आउने अधिकांश लाभग्राही मदिराले मातेपछि मात्रै रकम बुझ्न लाइनमा बस्ने गर्छन् । अपराह्नको ४ नबज्दै भुकम्प पीडित मादक पदार्थ सेवा गरेर बजारभरि हल्ला गर्दै हिडेको भेटिन्छन् ।
अनुदान बुझेका लाभग्राही धेरैले उक्त रकम खानपिन र किनमेलमै खर्च गरेको देखियो । ‘खान चाही पुग्छ, दशैं खर्च धान्छ होला’ यसम गाविसका एक लाभग्राहीले मदिराका सुरमा भने । यसरी सरकारले भुकम्प प्रतिरोधी आवाश निर्माणका लागि दिएको अनुदान सदरमुकाममै ‘सदुपयोग’ हुने निश्चितै छ । घर बन्ने बनाउने कुरा एउटा हो, तर भुकम्प पीडितका टहरामा यसपालिको दशैंमा भने धेर थोर मदिराबाट बँचेको पैसाले मासुभात चाँही अवश्य पाक्नेमा पंक्तिकार विश्वस्त छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार