२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

मौरी खोलामा हिमपाईप बिच्छाएपछि मुलखर्कदेखि ठूलढुंगासम्म गाडि चल्यो


बुद्धवीर बाहिङ

७ भाद्र २०७५, बिहिबार  

28
Shares

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको वडा नं. ४ र ५ को सीमानामा रहेको मौरी खोलामा हिमपाईप बिच्छाएपछि गाडि वारपार हुन थालेको छ । वर्षायाम शुरुभएसँगै खोलामा पानीबढेपछि बन्द भएको सडकमा हिमपाईप बिच्छाएपछि मुलखर्कहुँदै ठूलोढुंगासम्म सहज रुपमा गाडि चल्न थालेको हो ।

सल्लेरी, सेलगढी, बासा सडकलाई स्तर उन्नतीको लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । सोही विनियोजित बजेटबाट खोलामा हिमपाई बिच्छ्याउनुका साथै मुलखर्कदेखि ठूलोढुंगासम्म सडकको मर्मत गरेपछि सहज रुपमा गाडि चल्न थालेको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । खोलामा हिमपाईप नहुँदा पैदल यात्रीलाई आवत जावत गर्न समेत एक घण्टा तल गएर घुम्नु पर्ने अवस्था थियो ।

हिमपाईप राखिएसँगै पैदल यात्रीलाई पनि एक घण्टाको बाटो छोटिएको स्थानीयको भनाई छ । वर्षायाम ट्रयाक्टर समेत नजाने सडकलाई आवश्यक मर्मत गरी सहज रुपमा जीप, भ्यान लगायतमा सवारी साधनहरु सजिलैसँग मुलखर्कदेखि ठूलढुंगासम्म पुग्नसक्ने माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष जुनिता मगरले बताए । ‘मौरी खोलामा हिमपाईप राखेपछि मुलखर्कदेखि ठूलढुंगासम्म ३२ किलोमिटर दुरीमा सहज रुपमा सवारी साधन चल्न सक्छन्’ उपाध्यक्ष मगरले भने, ‘यदि सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ५ बागमदेखि सेलगढी डाँडाँसम्मको सडकलाई ग्रावेलिङ गर्ने हो भने, सल्लेरीदेखि ठूलढुंगासम्म सहज रुपमा सवारी साधनमा आवत जावत गर्न सकिन्छ ।’

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार  ३ : ३३ बजे