जिल्ला संवाद समिति गठन

Facebook Debugger

रसुवा, ४ असोज । गाउँ गाउँमा गठित सामुदायिक मेलमिलाप केन्द्रको सेवालाई सहजीकरण गर्न यहाँ जिल्ला संवाद समूह गठन भएको छ ।

अधिवक्ता एवम मेलमिलाप राष्ट्रिय प्रशिक्षक हरिप्रसाद पण्डितका अनुसार गाउँ गाउँमा गठित केन्द्रले मिलाउन नसकेको देवानी मुद्दा जिल्लास्तरमा सरोकार निकायलाई समन्वय गरी छिटो छरितो तरिकाले सुल्झाउन नौ सदस्यीयसमूह गठन भएको हो ।

गाउँ समाजमा ससाना कुरालाई लिएर मध्यस्तकर्ताको अभावमा मुद्दाको रुपमा परिणत हुने र गौचरण, पानीघाट, सार्वजनिकस्थल, अतिक्रमण, लेनदेन, अंश किचोला, साँधसिमाना मिचाइ, ससाना भैmंझगडा जस्ता सामान्य प्रकृतिका विषय स्थानीयस्तरका मेलमिलापकर्ताले मिलाउन नसक्ने अवस्था आई सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने अवस्था आएमा समूहले समन्वयकारी भूमिका निर्वाह गर्ने बताइएको छ ।

यस्तै केही समययता केन्द्रले गाउँसमाजमा उब्जिएका र केन्द्रको दायरामा पर्ने ८५ सामान्य प्रकृतिका मुद्दा मिलापत्र गराइसकेको केन्द्रका जिल्ला संयोजक उज्जवल आचार्यले जानकारी दिनुभयो ।

समूहमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, सरोकार भएका निकाय, मानवअधिकारकर्मी समेत रहेका कार मेलमिलापको कार्य हुने अपेक्षा गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार