२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

इथियोपियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १८ को मृत्यु


एएफपी

१४ भाद्र २०७५, बिहिबार  

77
Shares

आडिसआबाबा । सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ ।
राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ ।

हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए । घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ ।
यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  २ : ४८ बजे