२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

नाइजेरीयामा बोकोहरामको आक्रमण, ३० सैनिकको मृत्यु


एएफपी

१६ भाद्र २०७५, शनिबार  

49
Shares

नाइजेरिया । नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोकोहराम समूहले गरेको आक्रमणमा कम्तीमा ३० सेनाको मृत्यु भएको छ । छुट्टाछुट्टै दुई सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलि यो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ३० जना सैनिक अधिकारी मारिएका हुन् ।

फाईल तस्वीर ।

सयौँको सङ्ख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।
दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भएपनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्तस्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ । सेनाले दिएको जानकारीमा विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएका छैन ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार  ६ : १५ बजे