इरानी विदेश मन्त्री भेनेजुएलामा

0 Shares

कराकस, १२ भदौ । इरानी विदेश मन्त्री मोहमद जावेद जरिफ शनिबार भेनेजुएला पुग्नुभएको छ । उहाँ दुई देशबीच जारी द्विपक्षीय सम्बन्ध बढाउनको लागि त्यसतर्फ लाग्नु भएको हो ।

भेनेजुएलामा राज्यद्वारा सञ्चालित एक टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा जरिफले दुई देशको केन्द्रिय बैंकबीच संयुक्त लगानी बढाउनको लागि सम्झैता हुन लागेको बताउनुभएको छ ।

Zrif-Iran.

दुई देशको केन्द्रिय बैंकबीच हुन गइरहेको यस सम्झौताले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पु¥याउने र दुई देशको विकाशमा संयुक्त सहभागिता हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

इरान र भेनेजुएलाबीच बढी नजिकपन सन् १९९९ का ह्युगो साभेज राष्ट्रिपति हुनुभएपछि भएको हो ।

जरिफको ल्याटिन अमेरिकी देश भ्रमण क्रममा भेनेजुएलाबाट अन्त्य भएको छ । यसअघि उहाँले क्युबा, निकारागुवा, इक्वेडर, चिली र बोलिभियाको भ्रमण गरिसक्नुभएको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार