२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

नदीमा सवारी साधन खस्दा १२ जनाको मृत्यु


सिन्ह्वा

१९ भाद्र २०७५, मंगलबार  

112
Shares

नयाँदिल्ली । यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फाईल तस्वीर ।

संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो । दुर्घटनामा परेको सवारी साधनमा १५ यात्रु थिए । घाइते तीन जनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई स्थानीयको सहयोगमा घटनास्थलबाट उद्धार गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार  २ : ४६ बजे