२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

श्रीलङ्कामा प्रदर्शन : एकको मृत्यु, ८० जना घाइते


सिन्ह्वा

२१ भाद्र २०७५, बिहिबार  

63
Shares

कोलम्बो । श्रीलङ्कामा भएको प्रदर्शनका क्रममा बिहीबार एक जनाको मृत्यु भएको छ भने अरू ८० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ । राजधानी कोलम्बोमा विपक्षीहरुले गरेको बृहत् प्रदर्शनका क्रममा घाइते भएका र बिरामी भएका सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोलम्बो नेशनल हस्पिटलका अधिकारीहरुले दिएको जानकारीअनुसार मुटुसम्बन्धी समस्या देखिएका एक व्यक्तिको मृत्यु भएको हो । अस्पतालमा भर्ना भएका मध्ये आठ जनालाई विषाक्त खानाको असर देखिएको र अरू आठ जनालाई सामान्य चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् ।
त्यसैगरी मादक पदार्थ सेवन गरेका अरू ७० जनालाई पनि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका अधिकारीहरुले बताएका छन् । उनीहरु सबैलाई प्रदर्शन लगत्तै अस्पताल लगिएको थियो । श्रीलङ्कमा विपक्षीहरुले संयुक्त रुपमा विरोध प्रदर्शनसहितको आन्दोलनको आयोजना गरेको समाचारमा जनाइएको छ । उनीहरुले मुल्यवृद्धि र सरकारको आर्थिक नीतिको विरुद्धमा प्रदर्शन गरिएको जनाएका छन् ।
आन्दोलनको नेतृत्व पूर्व राष्ट्रपति महेन्द्रा राजापाक्षका जेठा छोरा तथा सांसद नामाल राजापाक्षले गरेका थिए । आन्दोलनकारीहरुले प्रदर्शनमा हजारौँको सहभागिता रहेको दाबी गर्दै एकिन तथ्याङ्क भने नभएको बताएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  ४ : २८ बजे