२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

नेपालको आधिकारिक नक्शा प्रयोग गर्न आग्रहः मन्त्री अर्याल


२४ भाद्र २०७५, आइतबार  

7
Shares

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको नक्शासम्बन्धी छलफलमा मन्त्री अर्यालले मुलुकको समग्र भूभाग र क्षेत्रफललाई समेटेको आधिकारिक नक्शाको प्रयोगले मात्र देशको राष्ट्रियता अभिवृद्धि हुने बताए । विभिन्न सङ्घसंस्थाले विभिन्न वेबसाइट तथा विद्युतीय प्रविधिबाट बनाएको नक्शा त्रुटिपूर्ण रहेकाले त्यस्तो विषयमा संवेदनशील बन्न आग्रह गर्दै उहाँले देशको अस्तित्वलाई कमजोर बनाउने उद्देश्यले प्रकाशन गरिएका नक्शाक खरिद बिक्री गर्नेलाई दण्डित गरिने चेतावनी दिए।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सरकार मातहत तथा अन्य सम्पूर्ण कार्यालयमा आधिकारिक नक्शा प्रयोग भए÷नभएको छानबिन गर्न कार्यदल गठन गरिने जानकारी दिनुभयो । नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले गत वर्ष असोज २ गते ‘गोरखापत्र’ले प्रकाशनमा ल्याएको नक्शामा कालापानी छुट्न गएको र पछि विभागले खोजी गरेपछि सो विषयमा सच्याइएको जानकारी दिए।

Sagarmatha

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  ११ : ०५ बजे