काठमाडौँ । भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका हिन्दु नारीहरुले धुमधामका साथ मनाए । नेपालको विभिन्न मन्दिरहरुमा सयौं भक्तजनले पुजा, नाचगान गर्दै तीज मनाएका छन् ।

पशुपतिनाथ मन्दिरमा पनि धुमधामका साथ नाँचगान, दर्शन एवं पूजा गरेर तीज मनाइएको छ । तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन् । पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ । विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ । यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ ।
हेरौं हिन्दु नारीहरुले धुमधामका साथ तीज मनाएको फोटो फिचरमा ।















