२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

चैतमा निर्वाचन गराउन आयोग तयार छ:प्रमुख निर्वाचन आयुक्त


६ आश्विन २०७३, बिहिबार  

0
Shares

बाँके, ६ असोज । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक दलबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताएका छन् ।

उनले स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक हिसाबले तयार रहेको बताए । नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि आयोग ‘इलेक्सन एक्सन प्लान’ बनाएर निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिए ।
ayodhi-prasad-yadav-photo

निर्वाचन गर्न आवश्यक पर्ने पाँच वटा कानुनको मस्यौदा सरकारलाई पठाइसकेको बताउँदै उनले राजनीतिक सहमति जुटे चैतमा स्थानीय निर्वाचन गराउन गाह्रो नहुने बताउँदै उनले भने “राजनीतिक प्रतिबद्धता भए २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन गर्न सक्छौँ,राजनीतिक निर्णय गरेमा ९० देखि १२० दिनमा अयोगले निर्वाचन गर्न सक्छ ।”

Sagarmatha

उनले राजनीतिक दलले सहमति कायम गरेर निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा जोड दिए ।

यसअघि सरकारले नै निर्वाचनको मिति तोक्दै आएकोमा अबदेखि भने आयोगलाई नै त्यो अधिकार दिँदा निर्वाचन गर्न सहज हुने उनको भनाइ छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले यसअघिका निर्वाचनमा खर्च विवरण नबुझाउने राजनीतिक दल तथा उम्मेदवारविरुद्ध आयोग कडा रुपमा प्रस्तुत हुने जानकारी समेत दिए । रासस

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहिबार  ९ : २१ बजे