२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

अष्ट्रेलियाली प्रधानमन्त्रीलाई निमन्त्रणा



सुभा (फिजी), ६ असोज । फिजीका प्रधानमन्त्री भोरेक बाइनीमारामाले अष्ट्रेलियाली समकक्षी मल्कोल्म टर्नबुललाई फिजी भ्रमणको निमन्त्रणा गर्नुभएको छ ।

फिजीको सरकारी सञ्चारमाध्यम फिजी ब्रोडकास्टिङ्ग कर्पोरेसन (एफबीसी)ले बिहीबार सो जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नुभएका दुई प्रधानमन्त्रीबीचको भेटघाटका क्रममा फिजीका प्रधानमन्त्रीले अष्ट्रेलियाली प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नुभएको बताइएको छ ।

सो भेटवार्तापछि फिजीका प्रधानमन्त्री भोरेकले अष्ट्रेलियाली प्रधानमन्त्रीसँगको भेटवार्ता निकै उपलब्धिमूलक रहेको प्रतिक्रिया दिनुभएको थियो ।

अर्को महिना हुन गइरहेको अष्टे«ेलियाको राष्ट्रिय दिवसका अवसरमा राजधानी सिड्नी आउनको अष्ट्रेलियाली समकक्षी मल्कोल्म टर्नवुललाइ निमन्त्रणा गरिएको फिजीका प्रधानमन्त्री बाइनीमारामाले एफबीसीलाई बताउनुभएको छ ।

उहाँहरुकाबीचमा क्षेत्रीय र आर्थिक विकासका लागि सहकार्य गर्ने बारेमा समेत छलफल भएको बताइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहिबार  १० : २० बजे