२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

पिकेकेद्वारा दुई सैनिकसहित चारको अपहरण



अङ्कारा, ६ असोज । टर्कीमा कुर्दिस वर्करस् पार्टी (पिकेके) दुई टर्कीज सैनिक र दुई सर्वसाधारणलाई बुधबार अपहरण गरेका छन् ।

देशको दक्षिणपश्चिमी प्रान्त हक्कारीबाट ती चार व्यक्तिलाई अपहरण गरेको डोगान समाचार समितिलाई जानकारी दिएको छ ।

हक्कारीको चुकुर्का सडकबाट सशस्त्र पिकेकेका आतङ्ककारी समूहले अपहरण गरेका ती दुई सैनिकसहित चार व्यक्तिको सुरक्षाबलले हवाई सेवाको पनि सहयोगमा उद्धार गर्ने कोशिस जारी राखेको छन् । रासस÷सिन्ह्वा

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहिबार  १० : २१ बजे