५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेपालगञ्जमा ‘काञ्जी हाउस’ निर्माण हँुदै


१४ आश्विन २०७५, आइतबार  

0
Shares

खजुरा । बाँके, नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ ९पशु थुनुवा घर० निर्माणको कार्य अघि बढाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ मा स्थित चार बिघा १२ कट्ठा ६ धुर जग्गामा सो भवन निर्माण गर्न उपमहानगरपालिकाले कार्य शुरु गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिए ।

सो भवन निर्माणका लागि छुट्याइएको जग्गा तारबार गर्दा केही स्थानीयवासीले अवरोध गर्न खोजेपछि विवाद समाधान गर्न स्थलगत अवलोकन गरिएको जानकारी दिँदै निर्माण प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन उपमहानगरपालिका अग्रसर भएको उहाँले बताए ।

Sagarmatha

छाडा चौपायालाई व्यवस्थित गर्न यस्तो स्थल आवश्यक भएकाले निर्माण कार्य अघि बढाउन लागिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले बताए ।

नेपालगञ्जका छाडा चौपायालाई विगतमा बाँके राष्ट्रिय निकुञ्जमा छोड्ने गरिएको थियो तर पछिल्लो समयमा निकुञ्जले अवरोध पु¥याएपछि उपमहानगरपालिकाले सो भवन निर्माणको पहल थालेको हो । अहिले नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा सानो आकारको काञ्जी हाउस रहे पनि प्रभावकारी व्यवस्थापन नहुँदा बन्द गरिएको छ । नगरमा पशु चौपायाको सङ्ख्या दिनहँु बढेपछि नगर दुर्गन्धित तथा सडक दुर्घटना बढेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ५ : १५ बजे