उदयपुर ७ असोज । वर्षासंगै परेको चट्याङले उदयपुरमा आज (शुक्रबार) फेरी एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– ६ खैजनपुरका ५० वर्षिय बुचन चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
बस्ती नजिकैको चौरमा गाई बस्तु चराई रहेको समयमा एक्कासी वर्षासंगै चट्याङ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक ओम रानाका अनुसार अन्य दुई जना चट्याङलागी घाईते भएका छन । घाईते हुनेमा ६० वर्षिय लखन चौधरी, ५६ वर्षिय तिलचन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।
घाईते मध्ये ६० वर्षिय लखन चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएका छन । अर्का घाईतेको भने स्थानीय क्लिनिकमा उपचार भई रहेको अवस्था सामान्य भएको जनाएका छन ।
त्यसैगरी दुई दिन अघि चट्याङ लागेर सिद्धिपुर गाविस– साँवामा बुधवार बिहान दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५५ वर्षिय चक्रबहादुर मगर, ५० जगतबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओमबहादुर राना मगरले जानकारी दिए ।
त्यसैगरी त्रियुगा नगरपालिका– १३ चुहाडे कालिखोला तोरीबासी नजिकै त्रियुगा खोला सेती बगरमा बाढीले बगाएर ल्याएको अन्दाजी ४२ वर्षिय महिलाको लास शुक्रवार फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
७ आश्विन २०७३, शुक्रबार
0
Shares







