१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एनआरटी जितसँगै शीर्षमा



काठमाडौं, १२ भदाौ । न्युरोड टिम(एनआरटी) सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। एनआरटीले शनिबार डिभाइन व्बाइज युनियन क्लबलाई २–१ ले हरायो। हल्चोकस्थित एपिएफ मैदानमा सम्पन्न खेलमा एनआरटीका लागि प्रवीण सैजु र विश्वजित गुरुङले समान एक गोल गरेका थिए। १६ औं मिनेटमा प्रवीणले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। ६७ औं मिनेटमा विश्वजितले गोल गरेर एनआरटीको अग्रतादोब्बर पारे। व्बाइजका लागि विनोद लामाले ८९औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो। जितसँगै ७ अंक पुर्‍याएको एनआरटी अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।

RCT3-Photo

तीन वर्षअघि आर्थिक कारण जनाउँदै फुटबल प्रतियोगिता नखेलेको एनआरटीले ‘बी’ डिभिजन लिगमार्फत पुनः फुटबलमा फर्किएको हो। लिगको पछिल्लो खेलमा एनआरटीलाई मध्यपुर युथ एसोसिएसनले १–१ को बराबरीमा रोकेको थियो।

यसैगरी शनिबारैअर्को खेलमा रानीपोखरी कर्नर टिम(आरसिटी) र मध्यपुर युथले गोलरहित बराबरी खेलेका छन्। एनआरटी र आरसिटीको समान अंक भए पनि गोलभिन्नताका आधारमा एनआरटी शीर्ष स्थानमा पुगेको हो। यसैगरी ५ अंक जोडेको मध्यपुर तालिकाको तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १२ भाद्र २०७३, आइतबार  ११ : ४७ बजे