२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न चिनियाँ पर्यटनमन्त्री काठमाडौं


२७ कार्तिक २०७५, मंगलबार  

189
Shares

काठमाडौं । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ काठमाडौं आएका छन् । मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
भेटका क्रममा नेपाल र चीनबीच थप हवाई उडान गर्ने सहमति भएको छ । आउँदो फेब्रुअरी महिनासम्म हवाइ उडान सुभारम्भ हुने गरी सहमति भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । दुई मन्त्रीहरुबीच नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल र चीनका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार चीनले सहयोग गर्ने सहमति पनि भएको छ ।
त्यस्तै नुवाकोटको दरबारको पुनर्निर्माणमा पनि चीन सरकारले सहयोग गर्ने सहमति भएको मन्त्री अधिकारीले जानकारी दिए । भेटका क्रममा चिनियाँ मन्त्रीले भूकम्पबाट क्षतिग्रस्त भएका पाँचवटा सम्पदा क्षेत्र पुनर्निर्माण सकिएर खुला भएकोमा खुशी व्यक्त गरेका छन् ।
ग्रेट हिमालयन ट्रेल प्रवद्र्धन कार्यक्रममार्फत २०२० मा सगरमाथा, ल्होत्से, मकालु र चोयुको संयुक्त प्रवद्र्धन गर्ने पनि दुई मन्त्रीहरुबीच सहमति भएको छ । यस अनुसार यी हिमालहरु एउटा देशबाट आरोहण गरी अर्कोतिर ओर्लिने व्यवस्था मिलाउने पनि सहमति भएको छ । मन्त्री अधिकारीले चिनियाँ समकक्षीसँगको भेटबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार  १० : ३७ बजे